पार्टी कार्यालय व्यवस्थापनका लागि सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउँदै माओवादी – Nepal Press

पार्टी कार्यालय व्यवस्थापनका लागि सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउँदै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ लिने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले केन्द्रीय कार्यालय विस्तार तथा भौतिक संरचना निर्माण र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँमा संरचना निर्माण र व्यवस्थित गर्नका लागि प्रदेश कमिटीहरूलाई १ महिनाभित्र रकम उठाइसक्न भनिएको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकले पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवलगायत पदाधिकारी चयनको विषयमा रहेको विवाद मिलाउने जिम्मा अध्यक्ष प्रचण्डलाई जिम्मा लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर