कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ) – Nepal Press

कांग्रेसका कारण केही स्थानमा पराजय भोग्नुपर्‍यो : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरी भोट नखसालेका कारण केही स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताए ।

‘समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुन्थ्यो । तर, यो कुरा उसले बुझ्न जरुरी थियो । माओवादीभित्र पनि यस्तै स्थिति भो’, नेपालले भने ।

उहाले निर्वाचनमा मुस्लिम इत्तेहाद संगठनले खेलको भूमिकाको प्रशंसा गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर