मन्त्रीहरूलाई सुरूमै ६ महिनाका लागि हो भनेका थियौं : अध्यक्ष नेपाल
नेपाल प्रेस
२०७९ जेठ २२ गते १६:५८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन् ।
नेकपा एसको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो । निर्णयबारे पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले मन्त्री बनाउने बेलामै ६ महिनाका लागि भन्ने तय गरिएको बताए ।
‘उहाँहरूलाई बनाउँदै ६ महिनाका लागि भनेका थियौं । यो नियमित प्रक्रिया हो’, नेपालले भने ।
हटाइएका मन्त्रीहरूको असन्तुष्टीबारे भने नेपालले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
प्रतिक्रिया
One thought on “मन्त्रीहरूलाई सुरूमै ६ महिनाका लागि हो भनेका थियौं : अध्यक्ष नेपाल”
Leave a Reply
सम्बन्धित खवर
देश माधव नेपालकाे सम्पत्ति हाे ६/६ महिनामा मन्त्री फेरेर सबैलाई कमाउने माैका दिने ? लुटतन्त्रकाे चर्काे नमूना । गटबन्धन बनेकै विदेशीकाे ईशारामा एमालेलाई पेल्न र देश लुटन हाे ।