झलनाथले भने – मन्त्री बनाउने निर्णय नेकपा एसले गर्छ, धर्तीका अरु कुनै तागतले गर्ने होइन – Nepal Press

झलनाथले भने – मन्त्री बनाउने निर्णय नेकपा एसले गर्छ, धर्तीका अरु कुनै तागतले गर्ने होइन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय उल्ट्याउने अधिकार यो धर्तीका कुनै पनि शक्तिसँग नरहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले कसलाई मन्त्री बनाउने र हटाउने भन्ने निर्णय नेकपा एसको सार्वभौम अधिकार रहेको भन्दै अरूले चासो दिन नपाउने बताए ।

खनालले भने–कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने भन्ने निर्णय नेकपा एकीकृत समाजवादीले गर्छ । धर्तीका अरू कुनै तागतले सक्दैनन् । हाम्रो पार्टीमा लाखौ‌ सदस्यहरू छन्, उनीहरूको निर्णय पार्टीका कमिटीहरूले गर्छन्, अरूले होइन ।

खनालले सरकार बनाउने बेला नै ६ महिनामा मन्त्री फिर्ता हुने सहमति भएको भन्दै दायाँबायाँ नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर