बर्दिया घटनाको छानबिन गर्न गृहले बनायो समिति – Nepal Press

बर्दिया घटनाको छानबिन गर्न गृहले बनायो समिति

काठमाडौँ । गृहमन्त्रालयले बर्दियाको मधुवन नगरपालिका-२ मा सोमबार नवीना थारुको मृत्युको घटना छानबिन गर्न ५ सदस्यीय समिति बनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाणले सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएका हुन् । समितिलाई काम सुरू गरेको ७ दिनभित्र स्थलगत रूपमा छानबिन गरी प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप-महानिर्देशक (सहसचिव) वेदकुमार ढकाल, नेपाल प्रहरीका उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक विकास पाण्डे र गृहमन्त्रालयका उपसचिव ध्रुब खड्का सदस्य छन् ।

नरभक्षी बाघ नियन्त्रण गर्न माग गर्दै स्थानीयले गरेको प्रदर्शनको क्रममा हिजो प्रदर्शनमा उत्रिएका सर्वसाधारण र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर १८ वर्षीया नवीनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *