मन्त्री आलेको आक्रोश- पार्टीभित्रका केही चिप्ले चोरहरू प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन् (भिडिओ) – Nepal Press

मन्त्री आलेको आक्रोश- पार्टीभित्रका केही चिप्ले चोरहरू प्रेम आलेले चलखेल गर्‍यो भन्दैछन् (भिडिओ)

‘६ महिनाको लागि मन्त्री भएका हौं, ८ महिना चलाएर ग्रेस मार्क पाइसक्यौं’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले आफ्नै पार्टीका केही नेताहरूप्रति आक्रोशित बनेका छन् । पार्टीभित्रका केही नेतालाई चिप्ले कीरा र चिप्ले चोरको संज्ञा दिँदै मन्त्री आलेले आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको आरोप लगाए ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले आफू मन्त्री छाड्न तयार रहेको बताए ।

मन्त्री आलेले आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबीचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बसिसकेको भन्दै अरुलाई मौका दिँदा आफू खुसी हुने जानकारी अध्यक्ष माधव नेपाललाई गराइसकेको बताए ।

आलेले भने, ‘हामी त्यहीबेला ६ महिनाका लागि मन्त्री भएको हो तर अहिले त आठ महिना भइसक्यो । दुई महिना त ग्रेस मार्क पाइसक्यौं । मैले अरुलाई दिनुस् खुसी हुन्छु भनेँ । तर, हाम्रो पार्टीभित्रका चिप्ले चोरहरू, चिप्ले कीराहरु आलेले धेरै चलखेल गर्‍यो भनेर अन्तर्वार्ता दिइरहेका छन् ।’

मन्त्री आलेले आफू जति दिन कुर्सीमा बसे पनि देश र जनताको शिर झुक्न नदिने गरी काम गर्ने भन्दै पशुपति क्षेत्रको संरक्षणमा एक सय किलोको मन्त्री सधैँ साथमा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर