जिसस बैतडीमा एमालेलाई हराउँदै गठबन्धन विजयी – Nepal Press

जिसस बैतडीमा एमालेलाई हराउँदै गठबन्धन विजयी

कैलाली । जिल्ला समन्वय समिति बैतडीको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी प्रमुखमा र माओवादी केन्द्रका दमनबहादुर कुँवर उपप्रमुख निर्वाचित भएका हुन् । धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत ल्याए ।

यस्तै उपप्रमुखमा कुँवरले १० मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी) ले ८ मत प्राप्त गरिन् ।

यस्तै तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् । तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरू नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी भए । दलित सदस्यमा गठबन्धनबाटै स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि एमालेविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर