मधेस प्रदेश : सत्तारुढ दलकै सांसद भन्छन्- किसानलाई प्राथमिकतामा राखिएन – Nepal Press

मधेस प्रदेश : सत्तारुढ दलकै सांसद भन्छन्- किसानलाई प्राथमिकतामा राखिएन

जनकपुरधाम । मधेस सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आजबाट छलफल प्रारम्भ भएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावमा नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको हो ।

नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका सत्तारुढ जसपाकै सांसद बच्चा राउत अहिरले नीति तथा कार्यक्रममा किसानलाई प्राथमिकतामा नराखिएको गुनासो गरे ।

उनले शीत भण्डार (कोल्ड स्टोर) निर्माण किसानबाट गराए पनि सरकारले भुक्तानी किन गर्न नसकेको भन्दै सरकारलाई प्रश्न गरेका छन् । उनले भुक्तानीका लागि किसान कृषि मन्त्रालय धाउन बाध्य बनेको बताए ।

उनले भने – कृषि मन्त्रालयका सचिवले त अवैधानिक कुरा हो भन्छन् । शीत भण्डार बनाउन किसानलाई भनिदिने, अनि रकम भुक्तानी नदिने ?

सांसद अहिरले किसानलाई प्राथमिकतामा राख्न सुझाए ।

उनले भने – मटिअर्वा बोर्डरमा समान वा मलखाद ल्याउँदा भारतीय प्रहरीले किसानलाई कुटेका छन् । त्यहाँ गोली चल्ने अवस्था सृजना भएको थियो । त्यसैले किसानलाई मलखाद समयमा सरकारले उपलब्ध गराओस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर