जबरजस्ती इम्बोस्ड लाद्न खोजिएको भन्दै सरकारविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)
२०७९ जेठ २४ गते १६:१५
काठमाडौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको भन्दै नेकपा एमाले निकट युवा संघले विरोध प्रदर्शन गरेको छ ।
नम्बर प्लेट जडानमा अस्वाभाविक मूल्य र सास्तीपूर्ण सरकारी रवैया भएको भन्दै संघले प्रदर्शन गरेको हो ।
आगामी साउन १ गतेबाट इम्बोस्ड अनिवार्य नम्बर प्लेट जडान गर्न भनेको छ ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारीसाधन र २०७९ जेठ १ गतेबाट नवीकरण भएका सवारीसाधनमा मात्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर