जिसस चुनावमा एमालेसँग साँठगाँठ गरेको आरोपमा कांग्रेस उपसभापति शाही पदमुक्त – Nepal Press

जिसस चुनावमा एमालेसँग साँठगाँठ गरेको आरोपमा कांग्रेस उपसभापति शाही पदमुक्त

सुर्खेत । नेपाली कांग्रेस दैलेखले जिल्ला समन्वय समिति चुनावमा एमालेसँग साँठगाँठ गरी पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै उपसभापति नमराज शाहीलाई कारबाही गरेको छ ।

जिल्ला सभापति मणिराम रेग्मीले आज एक विज्ञप्ति जारी गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएका छन् ।

यता, प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका शाहीले कांग्रेस जोगाउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर