जिसस कालिकोटको प्रमुखमा माओवादीका शाही निर्वाचित – Nepal Press

जिसस कालिकोटको प्रमुखमा माओवादीका शाही निर्वाचित

सुर्खेत । जिल्ला समन्वय समिति कालिकोटका प्रमुखमा धनजित शाही विजयी भएका छन् । माओवादी केन्द्रका तर्फबाट उम्मेदवार रहेका शाही आज भएको निर्वाचनमा विजयी हुनु भएका हुन् ।

उपप्रमुखमा माओवादी केन्द्रकै मिना रावत (विश्वकर्मा) विजयी भएकी छन् ।

जिल्ला समन्वय समितिको निर्वाचनका लागि कालिकोटमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

जिल्ला समन्वय समितिमा १८ मत रहेको कालिकोटमा गठबन्धनका उम्मेदवारहरूले १५ मत पाएको र एमालेका उम्मेदवारहरूले २ मत पाएको १ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, सदस्यमा माओवादी केन्द्रका ४ जना, नेपाली कांग्रेसका २ जना र १ जना एकीकृत समाजवादीका विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर