सिसडोल : नास्टको विज्ञ टोलीले गर्‍यो प्रदूषणको अध्ययन, यस्तो आयो प्रारम्भिक रिपोर्ट – Nepal Press

सिसडोल : नास्टको विज्ञ टोलीले गर्‍यो प्रदूषणको अध्ययन, यस्तो आयो प्रारम्भिक रिपोर्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टिमले गरेको हो ।

लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले बताए ।

सिसडोलबाट संकलित तीन वटा नमूनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको उनले बताए । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको छ ।यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

मेयर शाहका अनुसार विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताएको छ ।

पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केहि दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरूपणको विधि पनि सुझाव गर्ने छ ।

नास्ट लगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालीन समाधानको बारेमा छलफल र अभ्यास गरिने उनले बताए ।

यस्तै, अमृता पौडेलको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सिसडोल डाँडा अवलोकन गरेर गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने विधि निर्क्योल गरेको छ ।

यसका लागि प्रारम्भिक कामहरू ३ दिन भित्र नै सुरु गर्ने गरी तयारी भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर