काठमाडौं महानगर : कार्यपालिकामा गठबन्धन उम्मेदवार विजयी – Nepal Press

काठमाडौं महानगर : कार्यपालिकामा गठबन्धन उम्मेदवार विजयी

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा गठबन्धनबाट ८ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार नगर कार्यपालिकाको महिला सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारहरू मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी तथा नेकपा समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ९९, ९९, ९७, ९७ र ९९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेतर्फबाट उम्मेदवार बनेका शर्मिला परियारले ६१, शारदा सुवेदीले ६१, शोभा कार्कीले ६१, हीरादेवी पोखरेलले ६० र हेराशोभा डंगोलको ५९ मत प्राप्त गरेका छन् ।

यसै गरी दलित वा अल्पसंख्यकतर्फबाट नेपाली कांग्रेका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादीका अनिता कार्की ढोली निर्वाचित भएका छन् । उनीहरूले क्रमशः ९८, ९७ र ९५ मत प्राप्त गरेका छन् । उनीहरूको प्रतिस्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार केशव भुजेलले ६१, चन्द्रकला सुन्दासले ६१ र प्रेम पोडे पुजारीले ६२ मत प्राप्त गरेका छन् ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरेका थिए ।

प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।

निर्वाचन परिणामपछि महानगरको कार्यपालिका सदस्य संख्या ४२ भएको छ । यसमा प्रमुख र उपप्रमुख गरी २ जना, ३२ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर