लुम्बिनीको नीति तथा कार्यक्रम आज – Nepal Press

लुम्बिनीको नीति तथा कार्यक्रम आज

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । त्यसका लागि आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए । नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।

प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । यसअघि २घ गते यसको तयारी गरिए पनि प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेकाले आजका लागि सारिएको हो ।

प्रदेश सरकारको यो कार्यकालका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने यो अन्तिम पटक हो । प्रदेश सरकारले करिब ३७ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर