एमाले महासचिवको आग्रह- मुख्य नेतृत्वप्रतिको पुर्वाग्रही विचार त्यागौं, पार्टीलाई एकताबद्ध बनाऔं – Nepal Press

एमाले महासचिवको आग्रह- मुख्य नेतृत्वप्रतिको पुर्वाग्रही विचार त्यागौं, पार्टीलाई एकताबद्ध बनाऔं

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेतृत्व तहमा रहेका कतिपय नेताहरूलाई लक्षित गर्दै मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव दिएका छन् ।

घनश्याम भुसाललगायतका नेताहरूले स्थानीय चुनावको नतिजा नकारात्मक आएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले पार्टीको भवियको चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

विशेषगरी घनश्याम भुसालले बुधबार बिहान पनि एक रेडियो अन्तर्वार्तामा अध्यक्ष ओलीमाथि प्रश्न उठाएपछि पोखरेलले सार्वजनिक रूपमै प्रतिक्रिया दिएका हुन् । उनले मुख्य नेतृत्वप्रति आग्रहपूर्ण विचार राख्नुभन्दा पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारीपूर्वक लाग्न सुझाव दिएका छन् ।

महासचिव पोखरेलले भनेका छन्, ‘नेकपा (एमाले) को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन । मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण नेकपा (एमाले) भित्रबाटै सम्भव छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर