मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका सांसदको प्रस्ताव – Nepal Press

मन्त्रालयका खर्च कटौती गरी एक रुपैयाँ कायम गर्न एमालेका सांसदको प्रस्ताव

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका चारजना सांसदले चार मन्त्रालयका खर्च कटौती गरी एक रूपैयाँ कायम गर्न प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा एमाले सांसदहरू पद्माकुमारी अर्याल, बिमला विक, लालबाबु पण्डित र गोकुलप्रसाद बास्कोटाले सो प्रस्ताव गरेका हुन् ।

बैठकमा प्रस्तुत विनियोजन विधेयक-२०७९ अन्तर्गत कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अर्यालले, बाणिज्य तथा आपूर्ति मन्त्रालयको विकले, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पण्डितले र सूचना तथा सञ्चार मन्त्रालयको बास्कोटाले खर्च कटौती गरी एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न लागेको संसद् सचिवालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर