इम्बोस्ड नम्बरप्लेटमा अनियमितता भएको भन्दै अख्तियार पुग्यो युवा संघ (तस्बिरहरू) – Nepal Press

इम्बोस्ड नम्बरप्लेटमा अनियमितता भएको भन्दै अख्तियार पुग्यो युवा संघ (तस्बिरहरू)

काठमाडौं । आर्थिक चलखेलमा इम्बोस्ड नम्बर प्लेट जबरजस्ती लाद्न खोजेको आरोपसहित प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ ।

अध्यक्ष किरण पौडेल नेतृत्वको युवा संघको टोली टंगालस्थित अख्तियार कार्यालय पुगेर इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गरेको हो ।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ ।

हिजो युवा संघले यातायात विभागअगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बरमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको थियो ।

इम्बोस्ड नम्बर प्लेटमा सरकारले जबर्जस्ती गरेको भन्दै एमाले केन्द्रीय सदस्यसमेत रहेका युवा संघ अध्यक्ष पौडेलले प्रधानमन्त्री देउवा पत्नी आरजुका भाइ भूषण राणाको सेटिङमा चलखेल भइरहेको आरोप लगाए ।

उनले इम्बोस्ड नम्बर प्लेट सम्बन्धी काम गर्ने विदेशी कम्पनीको नेपाली एजेन्ट नै भूषण राणा रहेको भन्दै सत्य तथ्य बाहिर ल्याउन भनेका छन् ।

तस्बिरहरू : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर