फोहोरको गाडी रोकेपछि बन्चरेडाँडामा अश्रु ग्यास प्रहार, २ सयभन्दा बढी सुरक्षाकर्मी खटाइयो
नेपाल प्रेस
२०७९ जेठ २५ गते १५:५२
काठमाडौं । काठमाडौं उपत्यकाबाट फ्याँक्न लागिएका फोहोरका गाडी आज पनि स्थानीयबासीले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको फोहोरको गाडीलाई बन्चरेडाँडामा अवरोध भएपछि सुरक्षाकर्मीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेका छन् ।
नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले धादिङतर्फ अवरोध भएको बताए ।
‘हाम्रो ठाउँमा अवरोध क्लियर भइसकेको छ । अहिले भइरहेको तनाव भनेको धादिङतर्फ हो । सोही ठाउँ भएर नुवाकोटको बन्चरेडाँडा पुग्नुपर्छ’, एसपी शाहले नेपाल प्रेससँग भने ।
फोहोर व्यवस्थापनका लागि काठमाडौंबाट डीएसपीको कमान्डमा १९५ जना प्रहरी र ३५ जना सशस्त्र प्रहरीको टोली त्यस ठाउँमा खटिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर