माओवादीमा पनि मन्त्री फिर्ता बोलाउन माग, वर्षमानको प्रश्न- नेताहरूले यो दबाब कसरी थेग्नुहुन्छ ? – Nepal Press

माओवादीमा पनि मन्त्री फिर्ता बोलाउन माग, वर्षमानको प्रश्न- नेताहरूले यो दबाब कसरी थेग्नुहुन्छ ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी भएका मन्त्री फिर्ता बोलाउन गरेको निर्णयको साइड इफेक्ट नेकपा माओवादी केन्द्रमा पनि परेको छ ।

नेकपा एसको निर्णयसँगै माओवादीमा पनि अहिलेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउन दबाब बढेको नेता वर्षमान पुनले बताए । संसद् भवनमा पत्रकारहरूसँग कुरा गर्दै पुनले मन्त्री फिर्ता बोलाउन पार्टीमा दबाब बढेको बताए ।

उनले भने–हाम्रो पार्टीमा छलफल त भएको छैन तर नेकपा एकीकृत समाजवादीको निर्णयसँगै हाम्रोमा पनि मन्त्रीहरूलाई फिर्ता बोलाउन दबाब बढेको छ । यो दबाब नेताहरूले कसरी थेग्नुहुन्छ भन्न सकिन्न ।

पुनले जसपामा पनि मन्त्री हेरफेरको दबाब बढेको भन्दै प्याकेजमै सबै दलका मन्त्रीहरू हेरफेर हुने संकेत गरे ।


प्रतिक्रिया

One thought on “माओवादीमा पनि मन्त्री फिर्ता बोलाउन माग, वर्षमानको प्रश्न- नेताहरूले यो दबाब कसरी थेग्नुहुन्छ ?

  1. बेलगाम अध्यक्ष र मन्त्री खान नपाएर नेकपा छाेडेका हुन् । मन्त्री पदकाे लागि पार्टीमा बिद्राेह गरेका त्यसै चुप लाग्नेवाला छैनन । अग्रगमनतिर जाे जानुछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर