मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित – Nepal Press

मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

जनकपुरधाम । मधेस प्रदेशको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

प्रदेशसभामा आज छलफल सकेपछि मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । सभामुख सरोजकुमार यादवले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा कोही नबोलेपछि नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरे ।

जेठ २२ गते आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त नीति तथा कार्यक्रममा सरकारले सामुदायिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप, सरकारी अस्पतालमा गरिबलाई नि:शुल्क उपचार, ल्याब परीक्षणमा ७५ प्रतिशत छुटलगायतका नयाँ योजना समावेश गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर