नेकपा मसालका नेता शर्मा एमालेमा प्रवेश – Nepal Press

नेकपा मसालका नेता शर्मा एमालेमा प्रवेश

बागलुङ । नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

करिब २ दशक लामो नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मा एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।

विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले नेकपा एमाले कम्युनिस्ट विचारधारा राख्नेहरूको केन्द्र भएको बताए । उनले एमाले नै भविष्यमा युवा परिचालन गर्दै राष्ट्र निर्माणतर्फ अगाडी बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर