नर्भिकमा पुन: यूरोलोजीको विशेषज्ञ टिमले निःशुल्क ओपीडी चलाउने – Nepal Press

नर्भिकमा पुन: यूरोलोजीको विशेषज्ञ टिमले निःशुल्क ओपीडी चलाउने

काठमाडौं । नर्भिक अस्पतालले शनिबार विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

बिहान ८ देखि १० बजेसम्म र बिहान ९ बजेदेखि साढे १० सम्म छुट्टाछुट्टै टिम परिचालन गरी निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने भएको हो ।

नर्भिकले केही समयदेखि यूरोलोजीसम्बन्धी नि:शुल्क सञ्चालन गरिरहेको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या बढ्न थालेसँगै नर्भिकले यसलाई केन्द्रित गरेको हो ।

यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थीसम्बन्धी सबै खालका समस्या भएका बिरामीहरूलाई लक्षित गरी निःशुल्क ओपीडी तथा परामर्श सेवा सञ्चालन गर्ने नर्भिकले बताएको छ ।

मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरूका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफर समेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

यसैगरी, ९ बजेदेखि साढे १० बजेसम्म यूरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपीडी सेवा दिनेछ ।

मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपीडीबाट लाभ लिन सक्ने बताइएको छ । निःशुल्क ओपीडी अभियानमा सहभागी भइ शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

नर्भिकमा हाल सानो प्वाल बनाइ मिर्गौलाको पत्थरी निकाल्ने प्रविधि, घाउ नबनाइ मिर्गौलाको पत्थरीको उपचार गर्ने तथा घाउ नबनाइ मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने प्रविधिसमेत उपलब्ध छ ।

यस्तै, दूरविनको माध्यमबाट घाउ बनाईकन प्रोस्टेट र मूत्रथैलीमा पलाएको ट्यूमरको समेत उपचार हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *