अस्थायी पुल बाढीले बगाएपछि बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाको आग्रह
नेपाल प्रेस
२०७९ जेठ २७ गते ११:४०
सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ ।
गए रातिको भीषण वर्षाका कारण मेलम्ची इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो ।
मेलम्चीबाट इन्द्रावती तर्ने ह्युमपाइप बाढीले क्षति पुगेपछि ज्यामिरे शिखरपुर इन्द्रावती तथा पाँचपोखरी जाने सडक सञ्जाल टुटेको छ ।
आवतजावतका लागि ह्यूमपाइप राखेर बनाइएको पुल बाढीले क्षति पुर्याएकाले अब पुल मर्मत नगरिने र वैकल्पिक बाटोको रुपमा बाहुनेपाटीबाट यात्रा गर्न मेलम्ची नगरपालिकाले स्थानीयवासीलाई आग्रह गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर