सांसद चन्दा चौधरीको माग- गठबन्धन कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, न्याय पाउँ (भिडिओ) – Nepal Press

सांसद चन्दा चौधरीको माग- गठबन्धन कार्यकर्ताले ममाथि दुर्व्यवहार गरे, न्याय पाउँ (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरीले चुनावको बेला सत्ता गठबन्धनका कार्यकर्ताले आफ्नो हत्या प्रयास गरेको र ८० वर्षकी आमामाथि दुर्व्यवहार भएको भन्दै न्यायको माग गरेकी छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखसँग विशेष समय लिएर बोल्दै सांसद चौधरीले स्थानीय चुनावको ३ दिनअघि वैशाख २७ गते महोत्तरीको मटिहानीस्थित आफ्नो घरमा हातहतियारसहित आक्रमण भएको बताइन् ।

सांसद चौधरीले आफू घरबाट २० मिटर टाढा अर्का दाजुको घरमा रहेको बेला सत्ता गठबन्धनका उम्मेदवार र उनका समर्थकले दुर्व्यवहार गरेको बताइन् । उनले आफूलाई न्याय चाहियो भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।

चौधरीले भनिन्, ‘मलाई मार्ने उद्देश्यले उनीहरूले घर घेरा हालेर ८० वर्षकी मेरी आमालाई दुर्व्यवहार गरे । हातहतियार निकालेर यसलाई मार्नुपर्छ भनेपछि म मृत्युको मुखमा पुगेर ४० मिनेटपछि सशस्त्र प्रहरीका एसपीले उद्दार गरेपछि बाँचे । आज पनि त्यो घटना सम्झिँदा मलाई डर लाग्छ । मलाई न्याय चाहियो ।’

आफूलाई दुर्व्यवहार गर्ने समूहले २०५४ सालमा पनि दाजुलाई बेपत्ता बनाएको भन्दै पटकपटक आफूमाथि दुर्व्यवहार भएको र अझै पनि आफू सुरक्षित नरहेको सांसद चौधरीले बताइन् ।

सांसद चौधरीमाथि नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार विजय चौधरी, जितेन्द्र चौधरी, निरज चौधरीलगायतले दुर्वव्यवहार गरेको आरोप छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर