स्थानीय चुनावका स्वतन्त्र उम्मेदवारहरूले बोलाए राष्ट्रिय भेला – Nepal Press

स्थानीय चुनावका स्वतन्त्र उम्मेदवारहरूले बोलाए राष्ट्रिय भेला

काठमाडौं । भर्खरै सकिएको स्थानीय चुनावका स्वतन्त्र उम्मेदवारहरूले राष्ट्रिय भेला आयोजना गरेका छन् । असार १७-१८ मा काठमाडौंमा तय गरिएको भेलामा आउँदो निर्वाचनको तयारी, रणनीति र कार्यदिशा बनाइने बताइएको छ ।

भेलामा सहभागी हुन चाहनेका लागि असार १० सम्म अनलाइन फाराम भर्न र चिया, खाजा तथा खाना खर्चबापत १५ सय शुल्क जम्मा गर्न भनिएको छ ।

वैशाख ३० को निर्वाचनमा काठमाडौं, धरानलगायतका ठूला पालिकामा समेत स्वतन्त्र विजयी भएपछि स्वतन्त्र उम्मेदवार हौसिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर