ह्वाइट हाउसमा भएको आक्रमणमा डोनाल्ड ट्रम्प मुख्य दोषी ठहर – Nepal Press

ह्वाइट हाउसमा भएको आक्रमणमा डोनाल्ड ट्रम्प मुख्य दोषी ठहर

काठमाडौं । अमेरिकामा सन् २०२० को राष्ट्रपति निर्वाचनपश्चात ६ जनवरी २०२१ व्हाइट हाउस कार्यायमा भएको हिसांत्मक आक्रमणमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मुख्य दोषी ठहरिएका छन् ।

घटनाको छानबिनका लागि गठित समितिले ट्रम्पलाई दोषी ठहर्‍याएको हो ।

छानबिन समितीकी उपाध्यक्ष लिल सिनेका अनुसार उक्त दंगा भड्काउन ट्रम्पले भूमिका खेलेका थिए । छानबिन समितिको झण्डै १ वर्षको अनुसन्धानपश्चात हिजोदेखी सुरू संसदीय सुनवाइमा घटनाको संक्षिप्त निष्कर्ष पेस गर्दै ट्रम्पलाई दोषी देखाइएको हो ।

डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपति चुनावमा धाँधली भएको र यसलाई उल्टाउनका निमित्त आफ्ना समर्थकहरूलाई संघर्ष गर्न भन्दै राजधानीतर्फ मार्च गर्न आव्हान गरेका थिए ।

जसको केही समयमा नै ट्रम्पका समर्थकहरू हतियारसहित व्हाइट हाउस छिरेका थिए । अन्तर्राष्ट्रियस्तरमा उक्त घटनालाई लोकतान्त्रिक पद्दतिकै सबै भन्दा ठूलो घटनाको रूपमा चित्रण गर्ने गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *