कपिलवस्तु जिससको छिनोफानो गोलाबाट, एमालेका बाबुराम बने प्रमुख – Nepal Press

कपिलवस्तु जिससको छिनोफानो गोलाबाट, एमालेका बाबुराम बने प्रमुख

रूपन्देही । कपिलवस्तुको जिसस प्रमुखमा नेकपा एमालेका बाबुराम आचार्यले गोला प्रथाबाट जितेका छन् । उपप्रमुखमा एमाले-लोसपा- राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भए ।

२० मत रहेका जिससका लागि भएको मतदानमा बराबरी १०-१० मत आएपछि गोलाबाट छिनोफानो गरिएको हो ।

त्यसैगरी मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको छ । जस अनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी ,मनोब्ब्र धुनिया, रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।

त्यसैगरी कांग्रेसकी सुनिता चमार माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वाचित भएका हुन् । यस्तैगरी सदस्यमा गोलाबाट एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर