कास्कीमा लागू औषधसहित तीनजना पक्राउ – Nepal Press

कास्कीमा लागू औषधसहित तीनजना पक्राउ

काठमाडौं । लागू औषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्षका २५ को बिराज हमाल, वर्ष २६ का देवान्स थापा र आँधिखोला गाउँपालिका वडा नं.३ बस्ने वर्ष २० का मनीष पौडेल रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम– ७० एम्पुल, फेनेरागन– १२० एम्पुल, नुर्फिन– ९५ एम्पुल गरी जम्मा– २८५ एम्पुल र मोबाईल प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनालई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा सातदिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *