बारामा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या – Nepal Press

बारामा धारिलो हतियार प्रयोग गरी पुरुषको हत्या

बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ ।

बाराको कलैया उपमहानगरपालिका ९ रामपुरका अहमद मिया चुरिहारलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शुक्रवार साँझ प्रहरीले शव बरामद गरेको हो ।

पालिकाको सोही वडामा रहेको भिआइपी इट्टा भट्टामा मियाको शव रगतमय अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले हत्याको अनुसन्धान गरी रहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर