उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री – Nepal Press

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

प्योङयाङ । उत्तर कोरियाले दिग्गज कूटनीतिज्ञ चो सन–हुईलाई पहिलो महिला विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।

प्योङयाङले एकपछि अर्को आणविक परीक्षण गरेको र त्यस्ता परीक्षण रोक्ने अमेरिकी आह्वानलाई बेवास्ता गरिरहेका बेला पहिलो महिला विदेशमन्त्री नियुक्त गरेको हो ।

यसअघि उपविदेशमन्त्रीका रूपमा काम गरिसकेकी चोले नेता किम जोङ उनको निरीक्षणमा भएको सत्तारुढ दलको बैठकमा विदेश मन्त्रालयको नेतृत्व गर्ने अनुमान गरिएको थियो ।

उनले री सन ग्वनलाई विस्थापित गरेकी हुन् । पूर्वसैन्य अधिकारी ग्वन एक कट्टर नेता हुन् । उनले दक्षिण कोरियासँग भएको वार्ताको नेतृत्व गरेका थिए ।

चो धाराप्रवाह अंग्रेजी बोल्छिन् । केही वर्षअघि उत्तर कोरियाको अमेरिकासँग आणविक वार्ताको क्रममा उनी किमको नजिकको सहयोगीको रूपमा थिइन् ।

उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्दा चो किमको कूटनीतिक सहयोगीको भूमिकामा थिइन् ।

सन् २०२९ को फेब्रुअरीमा हनोइमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको असफल वार्तापछि एउटा दुर्लभ पत्रकार सम्मेलन आयोजना गरेकी थिइन् ।

वार्ता विफल हुनुमा अमेरिकालाई दोष लगाएकी थिइन् । ‘हाम्रो प्रस्ताव अस्वीकार गरेर उत्तर कोरियाले सुनौलो मौका गुमायो’, उनले त्यति बेला भनेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर