निजगढ विमानस्थलका लागि ध्यानाकर्षणपत्र बोकेर मन्त्री नै दौडधुपमा – Nepal Press

निजगढ विमानस्थलका लागि ध्यानाकर्षणपत्र बोकेर मन्त्री नै दौडधुपमा

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सिघ्र निर्माणका लागि मन्त्रीले नै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।

निजगढबाट सरोकारवाला नेतृत्व गर्दै नेपाल सरकारको खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा खानेपानीमन्त्री चौधरीसँगै निवर्तमान मेयर सुरेश कुमार खनालसहितको टोली पनि थियो ।

यसअघि हिजो सोही टोलीले सत्ता गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।

यस्तै हिजै सो टोलीले पर्यटनदेखि कानुन मन्त्रालयसम्म ध्यानाकर्षणपत्र बुझाएको थियो ।

खानेपानीमन्त्री चौधरी बारा जिल्लाबाटै निर्वाचित सांसद हुन । उनी प्रतिनिधि सभामा बारा क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका थिए ।

यही जेठ १२ गते सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम रोक्न फैसला जारी गरेको थियो । यद्यपी त्यसको पूर्णपाठ भने आइसकेको छैन् ।


प्रतिक्रिया

One thought on “निजगढ विमानस्थलका लागि ध्यानाकर्षणपत्र बोकेर मन्त्री नै दौडधुपमा

  1. राम्रो काम धन्यवाद मन्त्री चौधरी ज्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर