रुवाण्डाबाट फर्किए सञ्चारमन्त्री कार्की (भिडिओ) – Nepal Press

रुवाण्डाबाट फर्किए सञ्चारमन्त्री कार्की (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको आयोजनामा रुवाण्डाको राजधानी किगालीमा भएको विश्व दूरसञ्चार विकास सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन् ।

मन्त्री कार्की सम्मेलनमा भाग लिएर शनिवार अपराह्न स्वदेश फर्किएका हुन् ।

स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री कार्कीले सरकारले विभिन्न कठिनाइकाबीच सन् २०२५ सम्म दूरसञ्चार सबै नेपालीको पहुँचमा पुराउने प्रतिबद्धता सरकारको तर्फबाट व्यक्त गरेको बताए ।

नेपाली जनतालाई अहिलेको सञ्चार प्रविधिबाट लाभान्वित गराउनका लागि प्रयत्न जारी राख्ने उनको भनाई छ ।

भ्रमणका क्रममा अन्य देशका समकक्षीसंग भेट गरेको र नेपाल प्रति सद्भाव प्रकट भएको मन्त्री कार्कीले जानकारी दिए ।

सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री कार्की यही जेठ २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर