एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार – Nepal Press

एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरण अन्तर्गत दोस्रो खेलमा कुवेतसँग ४- १ गोलले पराजित भएको छ । नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहारेको छ ।

सनिबार राति कुवेत सिटी स्थित जाबिर अल अहमद स्टेडियममा सम्पन्न खेलमा कुवेतलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई तथा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।

नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए । खेलको २८औं मिनेटमा ओमर अल्हेबाइतरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले मात्र अघि रहेको कुवेतले दोस्रो हाफमा ३ गोल थप्यो ।

कुवेतका इस्सा अलिले ४८औं मिनेटमा घरेलु टिमको अग्रता दोब्बर पारेका थिए । यस्तै, युसिफ अलसुलाइमनले खेलको ७०औैं मिनेटमा गोल गर्दै कुवेतको अग्रतलाई ३–० मा पुर्याएका थिए ।

त्यसको तीन मिनेट नबित्दै मोबारक अल्फानिनेले कुवेतका लागि चौथो गोल गरेका थिए ।नेपालका दर्शन गुरुङले खेलको इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए ।

छनोटको समूह ‘ए’ मा नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।यसअघिको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले जेठ ३१ गते इन्डोनेसियासँग छनोटको अन्तिम खेल खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *