महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट – Nepal Press

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम हस्पिटलमा छुट पाउने भएका छन् । महालक्ष्मी विकास बैंक र महेन्द«पुल पोखरामा अवस्थित ओम हस्पिटल प्रालि बीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८औं वार्षिकोत्सवको अवसर पारेरे ओम हस्पिटलसँग सम्झौता गरेको हो ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।त्कार गराउने अभिप्रायका साथ यस बैकले विभिन्न शाखाहरुबाट जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

२८औँ वर्षमा प्रवेश गरेको  अवसरमा बैंकले ग्राहक, शेयरधनी, नियमनकारी निकायहरुलाई कृतज्ञता जाहेर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *