कांग्रेसको चुनावी समीक्षा जिसस निर्वाचनपछि मात्रै – Nepal Press

कांग्रेसको चुनावी समीक्षा जिसस निर्वाचनपछि मात्रै

काठमाडौं । स्थानीय निर्वाचनको १ महिना पुगे पनि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले अहिलेसम्म चुनावी समीक्षा गरेको छैन । बैशाख ३० मा स्थानीय तहको निर्वाचन भएयता कांग्रेसको कुनै पनि औपचारिक बैठक बसेको छैन । निर्वाचनमा सबैभन्दा ठूलो दल बनेकाे कांग्रेसमा चुनावी तालमेलबारे फरक-फरक धारणा रहेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा जिल्ला समन्वय समितिको निर्वाचनसम्म बैठक बोलाउने पक्षमा छैनन् । सबैजसो जिल्लामा जिसस निर्वाचन सम्पन्न भएपछि केन्द्रीय कार्यसम्पादन र केन्द्रीय समितिको बैठक बोलाएर छलफल गर्ने देउवाको रणनीति छ ।

‘स्थानीय निर्वाचनको समीक्षाका लागि मात्रै नभएर आगामी निर्वाचनको तयारीका लागि पनि बैठक बस्नुपर्नेछ । जिससको चुनाव सकिनासाथ बैठक बोलाउँछौं’, कांग्रेसका एक पदाधिकारीले भने । ती पदाधिकारीका अनुसार अब बस्ने बैठकमा समीक्षाबाहेक भ्रातृ संस्थालाई पूर्णता दिने, विभाग गठन गर्नेलगायतका एजेण्डामा पनि छलफल हुनेछ ।

सभापति देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पासँगको भेटका क्रममा असार दोस्रो सातासम्म भ्रातृ संस्थाले पूर्णता पाउने बताएका थिए । सोहीअनुसार असार पहिलो साता कांग्रेसको औपचारिक बैठक बस्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर