उपाध्यायविरुद्धको पत्र प्रमुख निर्वाचन आयुक्तको टेबलमा ! – Nepal Press

उपाध्यायविरुद्धको पत्र प्रमुख निर्वाचन आयुक्तको टेबलमा !

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई मतदान गराउने वा नगराउने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतले प्रमुख निर्वाचन आयुक्तलाई पत्राचार गरेका छन् ।

२७ गते मुख्य निर्वाचन अधिकृतलाई निलम्बित गाउँपालिका अध्यक्षलाई मतदानमा सहभागी हुन नदिन माग गर्दै समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले निवेदन दिएका थिए ।

त्यसैको आधारमा मुख्य निर्वाचन अधिकृत जनानद पनेरुले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई पत्राचार गरेका हुन् ।

यता, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐन आवश्यक निर्णय लिने र जिल्लामा नै टुङ्ग्याउनुपर्ने विषय आयोगमा पठाउनु अनुपयुक्त रहेको बताएका छन् ।

नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ ।

उनको नाम मतदाताको नामावलीबाट हटाउन माथ गर्दै सर्वोच्च अदालतमा पनि रिट परेको थियो ।

कैलालीमा भोलि जिल्ला समन्वय समितिको निर्वाचन तोकिएको ।

सत्ता गठबन्धनमै रहेको कांग्रेस माओवादी र नेकपा एकीकृत समाजवादीले तालमेल गरेका छन् भने एमाले र नागरिक उन्मुक्ति पार्टीले तालमेल गरेका छन् ।

सत्ता गठबन्धनको १३ र एमाले नागरिक उन्मुक्ति पार्टीको १२ मत गरेको छ ।

१३ मतमा निलम्बित गाउँपालिका अध्यक्ष समेत पर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर