लुम्बिनी सभामुखकी श्रीमती सीता बनिन् रोल्पा जिसस प्रमुख – Nepal Press

लुम्बिनी सभामुखकी श्रीमती सीता बनिन् रोल्पा जिसस प्रमुख

रुपन्देही । रोल्पाको जिल्ला समन्वय समिति (जिसस) को प्रमुखमा माओवादीकी सीता आचार्य निर्वाचित भएकी छन् । उनी लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीकी पत्नीसमेत हुन् ।

पार्टीभित्र नातावाद हाबी भएको आलोचना आइरहेको बेला घर्तीले निकै दौडधुप गरेर श्रीमतीलाई अवसर दिलाएको भन्दै कार्यकर्ताले टिप्पणी गरेका छन् ।

१० पालिका रहेको रोल्पामा माओवादी केन्द्र ७ वटामा एकल जित निकालेको छ । सीता माओवादीको केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हुन् ।

निर्वाचनबाट जिसस उपप्रमुखमा कर्मलाल परियार निर्वाचित भएका छन् । समन्वय समिति सदस्यमा नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुन निर्वाचित भएका छन् ।

दलित वा अल्पसंख्यक सदस्यमा माओवादी केन्द्रका निलम सुनार निर्वाचित भएकी छन् । महिला सदस्यमा सोही पार्टीका जितकुमारी विक, मीना सुनार र शर्मिला पुन मगर निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर