अर्घाखाँची उद्योग वाणिज्य संघमा एमाले-जनमोर्चाको प्यानल निर्विरोध – Nepal Press

अर्घाखाँची उद्योग वाणिज्य संघमा एमाले-जनमोर्चाको प्यानल निर्विरोध

रुपन्देही । अर्घाखाँचीमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलसँग वडा तहसम्म गठबन्धन गरेको राष्ट्रिय जनमोर्चा उद्योग वाणिज्य संघको निर्वाचनमा भने नेकपा एमालेसँग गठबन्धन गरेर विजयी भएको छ ।

अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा एमाले र राष्ट्रिय जनमोर्चाको गठबन्धनका प्रदीप मिश्र निर्विरोध निर्वाचित भएका छन् । मिश्रको अध्यक्षमा संघको २३ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक कमलप्रसाद घिमिरेले बताए ।

उद्योग वाणिज्य संघको अधिवेशनमा पनि ५ दल मिलेर जाने भन्नेमा छलफल भइरहेको बेला राजमो गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरेको हो । चुनाव लड्नबाट वञ्चित गराएको भन्दै कांग्रेसनिकट व्यवसायी जिल्ला नेृत्वप्रति असन्तुष्ट छन् ।

वरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुसाल, वाणिज्य उपाध्यक्ष दिलबहादुर वली, उद्योग उपाध्यक्ष काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, सचिव सन्तोष बस्नेत क्षेत्री , कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ र सहसचिवमा लेखनाथ भुसाल चयन भएका हुन् ।

सुमित्रा ढकाल, सपिना निशा, शिवप्रसाद बन्जाडे, कमलप्रसाद खनाल, डिलबहादुर सुनार, लेखनाथ भण्डारी, बाबुराम पौडेल, लक्ष्मण केसी, अतिशकिरण विक, मोतीलाल खनाल, श्यामकृष्ण श्रेष्ठ, चेतनारायण भुसाल, प्रकाश चन्द्र बन्जाडे, कृष्णबहादुर विश्वकर्मा र तुल्सीराम पन्थी निर्विरोध चयन भएका हुन् । उपाध्यक्ष वली, महासचिव खनाल र चार सदस्य राजमो निकटका हुन् भने अरु सबै एमाले निकटका व्यवसायी हुन् ।

नवनिर्वाचित मिश्रले पूर्वाधार निर्माण र उद्योगी व्यवसायीमैत्री नीति ल्याए जिल्लामामा प्रशस्त लगानी वातावरण सिर्जना हुने र त्यसका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

अधिवेशनमा एमाले र राष्ट्रिय जनमोर्चानिकट व्यवसायीहरु तालमेल गरेर प्यानलै उम्मेदवार घोषसँगै पराजित हुने भएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीका व्यवसायीले पत्रकार सम्मेलन गरेर साधारणसभा र अधिवेशन बहिष्कार गरेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर