श्रीलंका चीनबाट थप आर्थिक सहयोग लिन तयार
काठमाडौं । चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले चीनबाट थप आर्थिक सहयोग लिन आफूहरु इच्छुक रहेको जनाएको छ ।
श्रीलंकाका प्रधान एवं अर्थमन्त्री रनिल विक्रमसिङ्घेले अन्तर्राष्टिय सञ्चारमाध्यम एसोसिएट प्रेस (एपी) को लागि दिएको अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन् ।
उनले श्रीलंका रुसबाट पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य हुन सक्ने पनि बताएका छन् । पेट्रोलियम पदार्थ खरिद गर्न रुसलाई प्राथमिकता नदिइए पनि उसबाट नै पेट्रोलियम पदार्थ खरिद गर्न श्रीलंका बध्य हुन सक्ने विक्रमसिङ्घेको भनाइ छ ।
उनले आफ्नो देशले आगामी दुई वर्षसम्म गम्भीर खाद्यान्न अभाव झेल्नुपर्न सक्ने बताउँदै चिन्तासमेत व्यक्त गरेका छन् ।