कैलाली जिससमा कांग्रेसका पदम, स्वतन्त्र हमालको मत पनि गठबन्धनमा – Nepal Press

कैलाली जिससमा कांग्रेसका पदम, स्वतन्त्र हमालको मत पनि गठबन्धनमा

काठमाडौं । जिल्ला समन्वय समिति कैलालीमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । यहाँ नेपाली कांग्रेसका पदमबहादुर कलेल १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत ल्याए ।

उपप्रमुखमा माओवादीका खगराज भुसालले १३ मत ल्याएर जित हात पारे । एमालेका राजेन्द्र खनालले १२ मत ल्याए ।

कैलाली जिससमा कांग्रेस-माओवादी-एसले तामेल गरेका थिए । नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो । सत्ता गठबन्धनका १२ र एमाले, नागरिक उन्मुक्तिको पनि १२ मत थियो ।

भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपालिका देवीदत्त उपाध्यायले मतदान गर्न पाएनन् ।

धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गठबन्धनमा मत दिएका छन् । उनको मत गठबन्धनमा गएसङै गठबन्धन गठबन्धनको १३ र एमाले नगरिक उन्मुखको १२ मत भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर