डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला
नेपाल प्रेस
२०७९ जेठ ३० गते १८:४७
धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
आलितालको वडा नम्बर ३ र ५ को सिमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर