बागमती प्रदेशमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम – Nepal Press

बागमती प्रदेशमा बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमूलक तथा विभिन्न बैंकिङ सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले घरदैलो कार्यक्रम गरेको हो ।

बैंकले आकर्षक विशेषताहरुसहित ४ गुणासम्मको प्रतिफल भएको बीओके सुपर मुद्दती खाता सार्वजनिक गरेको थियो । साथै बीओके प्रिमियम प्लस बचत खातामा उच्चतम ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदरसहित थुप्रै आकर्षक विशेषताहरु समावेश गरी ग्राहकको फाइदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो ।

बैंकको बागमती प्रदेशअन्तर्गतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इताछें, गोंगबु, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुँ, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चाबहिल, महाराजगञ्ज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथलगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानमा घरदैलो कार्यक्रम गरी बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन् ।

बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर