भवन पुनर्निर्माण नभएको भन्दै त्रिचन्द्रका विद्यार्थी आन्दाेलित (भिडिओ) – Nepal Press

भवन पुनर्निर्माण नभएको भन्दै त्रिचन्द्रका विद्यार्थी आन्दाेलित (भिडिओ)

काठमाडौं । भूकम्पबाट पूर्ण रुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने माग गर्दै काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले सडकमै बसेर पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

भूकम्पबाट क्षति पुगेको लामो समय हुँदा पनि क्याम्पस भवन पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै पढेर ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ‘भवन पुनर्निर्माण गर’, ‘हामी पढ्न चाहन्छौं’, ‘भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने’, ‘इतिहास ढल्दैछ, सरकार मौन छ’, ‘शिक्षा मन्त्रालय हराएको सूचना’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको भवन पुनर्निर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ । १०४ वर्षको इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् ।

२०७२ सालको भूकम्पले भत्काएको त्रिचन्द्र क्याम्पसको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ  । त्रिचन्द्र क्याम्पसको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर