आफ्नै पार्टी सम्मिलित सरकार नेकपा एस निकट युवा संघ असन्तुष्ट, राष्ट्र हितविपरित लागेको आरोप – Nepal Press

आफ्नै पार्टी सम्मिलित सरकार नेकपा एस निकट युवा संघ असन्तुष्ट, राष्ट्र हितविपरित लागेको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले आफ्नै पार्टी सम्मिलित सरकार मुलुकको प्रचलित परराष्ट्र नीतिविपरित कुनै देशको सैन्य गठबन्धनमा सामेल हुने लागेको भन्दै प्रश्न उठाएको छ ।

युवा संघका अध्यक्ष नरेश शाहीले आफ्नै पार्टी सम्मीलित सरकार प्रति आशंका जनाउँदै विदेश नीतिमा वर्तमान सरकार असन्तुलित बन्दै गएको बताएका हुन् । उनले देशलाई अन्तर्राष्ट्रिय रुपमा कुनै निश्चित सैनिक क्याम्पहरुमा आवद्ध गर्न लागिएको भन्दै नेपाल र नेपालिको लागि अत्यन्तै घातक र दुर्घटनाको मोडमा मुलुक पुगेको बताएका छन् ।

शाहीले भने–अहिलेको गठबन्धन सरकारले असंलग्न परराष्ट्र नीतिबिपरित व्यबहारहरु अबलम्बन गर्दै गएको देखिन्छ । सरकारले नेपाललाई अमेरिकन क्याम्पमा उभ्याउदै छ, जुनकुरा हाम्रो राष्ट्रियता, भूराजनीतिक अबस्था, दुई ठुला छिमेकीको पोजिसनका विरुद्ध हो र खासगरि एक चीन नीति, चिनियाँ राजनिति र त्यहाँको शासन व्यस्थाको विरुद्धको रणनीति हो । जुन कुराले नेपाललाइ युक्रेनको दिशा उन्मुख गराउन सक्छ ।

युवा संघले रुस युक्रेन युद्धमा अनावश्यक रुपमा नेपालले युक्रेनको समर्थन गरेको विषयलाई समेत गम्भीर रुपमा लिनु पर्ने भन्दै पछिल्लो पटक अमेरिकी सैन्य गठबन्धनमा नेपाल जानका लागि मस्यौदा नै तयार भइसकेको कुरा स्वीकार्य नहुने बताएका छन् ।

शाहीले गठबन्धनको सरकारको स्टेकहोल्डर नेकपा एस पनि रहेको भन्दै पछिल्ला घटनाक्रमबारे पारदर्शी ढंगले जनतालाई प्रष्ट पार्न माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर