विमलालाई बर्खास्त गर्न एमाले लुम्बिनीको माग – Nepal Press

विमलालाई बर्खास्त गर्न एमाले लुम्बिनीको माग

रुपन्देही । नेकपा एमालेले सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदासमेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको आरोप लगाएको छ ।

एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उनको श्रीमती र परिवारलाई कुटपिट गर्ने, समान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको बताएका छन् ।

‘नैतिकताको कुनै पनि आधार भए तत्काल मुख्यमन्त्रीले बर्खास्त गरेर अरू छानबिनको प्रक्रिया अघि बढाउनुपर्दछ, अब त लुम्बिनीको सांसद, मन्त्री भन्न पनि लाज हुने अवस्था भयो, यस्तो अवस्थामा पनि किन सरकार चुप लागेको छ‘, उनले भने ।

उनले राज्यमन्त्री वलीलाई बर्खास्त गर्दै शक्तिको दुरुपयोग गरेर अर्काको घरमा पसेर हातपात गर्नेलाई कडा कानूनी कारबाही गर्नुपर्ने एमालेको माग रहेको बताए ।


प्रतिक्रिया

One thought on “विमलालाई बर्खास्त गर्न एमाले लुम्बिनीको माग

  1. तुरुन्तै छानबिन हाेस,यदि घटना सत्य भए मन्त्रीबाट बर्खास्त गरि हदै सम्मकाे कारबाही गरियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर