नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत एसिया कप फुटबलमा छनोट – Nepal Press

नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत एसिया कप फुटबलमा छनोट

नयाँ दिल्ली । नेपालको दक्षिण एसियाली प्रतिद्वन्द्वी भारत आगामी एसिया कप फुटबलमा छनोट भएको छ ।

एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो अन्तिम खेलमा मंगलबार बिहान प्यालेस्टाइनले फिलिपिन्सलाई ४-० ले हराएपछि भारतले एक खेल खेल्न बाँकी रहँदै एसिया कपमा स्थान बनाएको हो ।

तेस्रो चरणमा रहेका ६ टोलीका समूह विजेता र सर्वोत्कृष्ट ५ उपविजेता एसिया कपमा छनोट हुने व्यवस्था छ । समूह ‘डी’मा रहेको भारतको २ खेलबाट ६ अंक रहेको छ । समान अंक भएको हङकङ शीर्ष स्थानमा छ ।

उक्त समूहमा दुई खेलपछि अफगानिस्तान र कम्बोडियाले अंक जोड्न सकेका छैनन् । भारतले अन्तिम खेलमा मंगलबार राति कम्बोडियासँग खेल्दैछ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई २-० र दोस्रो खेलमा अफगानिस्तानलाई २-१ गोलले हराएको थियो । भारत कम्तिमा उपविजेता बन्दै छनोट हुने पक्का छ ।

६ समूहका ६ उपविजेतामध्ये थाइल्यान्ड, किर्गिस्तान र भारतको दुई खेलबाट समान ६ अंक रहेको छ । पुछारमा रहेको इन्डोनेसियाको दुई खेलबाट ३ अंक छ । चौथो स्थानमा रहेको फिलिपिन्सको तीन खेलबाट ४ अंक छ । भारत लगातार दोस्रोपटक एसिया कपमा छनोट भएको छ । समग्रमा उसले पाँचौँपटक एसिया कप खेल्न लागेको हो ।

भारतीय कप्तान सुनिल क्षेत्री उच्च लयमा छन् । उनले तेस्रो चरणको छनोटमा दुई खेलमा ३ गोल गरेका छन् । भारतका लागि १२७ खेल खेल्ने क्रमामा उनको गोल संख्या ८३ पुगेको छ ।

नेपालले पनि अहिले छनोट खेलिरहे पनि तीनमध्ये दुई खेलमा हार ब्यहोरिसकेको छ। नेपालले अन्तिम खेल मंगलबार राति इन्डोनेसियासँग खेल्दैछ । नेपालले हालसम्म एसिया कप खेल्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर