सदनमा कानुनमन्त्रीले भने- एसपीपी सरकारलाई बदनाम गराउने खेल – Nepal Press

सदनमा कानुनमन्त्रीले भने- एसपीपी सरकारलाई बदनाम गराउने खेल

काठमाडौं । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारेको हल्ला निराधार र सरकारलाई बदनाम गराउन ल्याइएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले बताएका छन् ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयका विषयमा उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको रोष्टममा उभिएका उनले आक्रोशित मोडमा यस्तो कुरा बताएका हुन् ।

‘नेपाल सरकारका तर्फबाट यस सदनलाई भन्न चाहन्छु नेपालका तर्फबाट कुनैपनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि इन्भाइट गर्‍या छैन, प्रस्ताव गर्‍या छैन । हामीकहाँ प्रस्ताव आएको छैन,’ उनले भने,‘यो कुरा गलत हो झुट्टा हो, सरासर गलत हो सरकारलाई बदनाम गराउने खेलमात्र हो । कहिँ कतै आएको छैन ।’

आजको प्रतिनिधिसभा बैठकको सुरूवातमा नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीको चर्चाबारे प्रश्न खडा गरेका थिए । यस्तै गगन थापा, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललगायतले पनि यस विषयमा संसदमा कुरा उठाएका थिए ।

यसै विषयको जवाफ दिर्दै कानुनमन्त्री बन्दीले भने,‘अघि प्रारम्भ गर्ने बेलामै यो सोधिएको थियो, म प्रष्ट पार्न चाहन्छु यो छैन । त्यसैले वनको बाघले होइन, मनको बाघले नखाओस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर