दोलखा जिससमा गठबन्धनको जित, प्रमुखमा माओवादीका बर्जुराम – Nepal Press

दोलखा जिससमा गठबन्धनको जित, प्रमुखमा माओवादीका बर्जुराम

दोलखा । जिल्ला समन्वय समितिमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बर्जुराम घतानी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का दोर्जी शेर्पा विजयी भएका हुन् ।

कूल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गरे ।

सदस्यहरुमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर