जाजरकोट प्रशासनमा बिहान ८ बजेदेखि नै सेवा शुरु

२०७९ असार २ गते ९:५६

सुर्खेत । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।
यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर