करका दर हेरफेरबाट राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन्छुः अर्थमन्त्री शर्मा – Nepal Press

करका दर हेरफेरबाट राष्ट्रघात र गद्दारी भएमा जिम्मा लिन्छुः अर्थमन्त्री शर्मा

काठमाडौं । बजेट प्रस्तुत हुनुभन्दा एक दिनअघि अर्थात जेठ १४ गते अर्थ मन्त्रालयमा पूर्वनासु आएर करका दर हेरफेर भएको र देशमाथि घात भएको भनेर प्रतिपक्षले उठाएको प्रश्नमा अर्थमन्त्री जनार्दन शर्माले त्यस्तो नभएको बताएका छन् ।

उनले संसदमा जवाफ दिँदै भने, ‘करका दर हेरफेर गर्दा राष्ट्रको हित नै हेरिएको छ । बजेटमा करका दर हेरफेरले राष्ट्र घात र गद्दारी भएमा जिम्मेवारी लिन्छु ।’

संसदमा बजेट प्रस्तुतपछि अर्थमन्त्रीले बजेट निर्माण समितिभन्दा बाहिरको मान्छे ल्याएर करका दर हेरफेर गरेको भनेर सबैतिर चर्चा भइरहेको छ । यही विषय उठाएर अर्थमन्त्री शर्माको राजीनामासमेत मागिएको छ ।

नयाँ दिशा दिनको लागि करको दर हेरफेर गरिएको अर्थमन्त्री शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *